१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

एकतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडकखण्ड

५ असोज, काठमाडौं । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि अपरान्ह सवा ४ बजेदेखि सडकखण्ड एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सयौँ सवारी साधनहरु सडकमै रोकिएका थिए। अहिले सडक एकतर्फी खुलेसँगै सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १६:४४