केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग पुनः सम्बन्धित मन्त्रालयमै फर्काइँदै
५ असोज, काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धीकरण विभाग, राजस्व अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुनः मन्त्रालय मातहत नै फर्काएको छ ।
आइतरबार बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालयमातहत नै ल्याउने निर्णय गर्ने तयारी रहेको अर्थ मन्त्रालयको स्रोतले जनाएको छ ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागलाई पुनस् अर्थ मन्त्रालय मातहत नै ल्याउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव गएको जनाइएको छ ।
विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बन्नसभएका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याउनुभएको थियो ।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति एकत्रित गर्ने प्रयासस्वरुप १६ फागुन २०७५ मा यी विभागहरूलाई आफूमातहत ल्याउनुभएको थियो ।
प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १४:४४












