१८ पुष २०८२, शुक्रबार | Fri Jan 2 2026

दशैंअघि नै नागढुंगा सुरुङमार्गको प्राविधिक परिक्षण हुने

५ असाेज, काठमाडौं । नागढुंगा सुरुङमार्ग परीक्षणका रूपमा केही दिनका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सुरुङमार्गको परिक्षण संचालन दशैं अघि नै हुने भएको हो । आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सबै भौतिक संरचना तयार भइसकेको सडक विभागले जनाएको छ।

दशैंको ३/४ दिनअघि काठमाडौंबाट बाहिरिने यात्रुबसहरूका लागि सुरुङ खुला गरिने योजना बनाइएको छ । सुरुङ परीक्षणका लागि ठेकेदार परामर्शदाता र सुरक्षा निकायहरूसँग आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १२:४२