नारायणगढ-मुग्लिन सडक खण्डको पहिरो ३६ घण्टापछि पन्छाउन सुरू
५ भदाै, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा गएको पहिरो ३६ घण्टापछि पन्छाउन सुरू भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार अहिले तीन वटा एम्साभेटरले पहिरो पन्छाउने काम गरिरहेको छ ।

शुक्रबार राति ७ बजेदेखि पहिरोको कारण बन्द भएको सडक ३६ घण्टापछि खुलाउन सुरू गरिएको हो । निरन्तर सुख्दा पहिरो झरिराख्दा पहिरो पन्छाउन कठिन भएको थियो । सडक अवरूद्ध हुँदा हजाराैँ यात्रु सडकमा अलपत्र परेका छन ।
थप पहिरो खस्न रोकिए अब तीन घण्टापछि सवारीसधानको सञ्चालन सुचारू हुनेछ ।
प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार ०७:५९












