झलनाथ पत्नीको स्वास्थ्यबारे कुलमानले फोनबाट लिए जानकारी
१ असोज, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि डल्लुस्थित निवासमा भएको आगजनी र तोडफोडमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन् । उनको अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।
यसबैची ऊर्जामन्त्री घिसिङले खनाललाई फोन गरेर उनको स्वास्थ्यबारे जानकारी लिएका हुन् । झलनाथपत्नी रविलक्ष्मीले कुलमानलाई अध्यापन गराएकी थिइन् ।
प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १५:२५












