धादिङमा बस र टिपर ठोक्किँदा ६ जना घाइते
१ असोज, काठमाडौँ । धादिङमा बस र टिपर ठोक्किँदा ६ जना घाइते भएका छन । पृथ्वी राजमार्गमा पर्ने धादिङको थाक्रेमा लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र बागमती प्रदेश ०१–००६ ख ४२६० टिपर ठोक्किएको हो ।

बस भैरहवाबाट काठमाडौंतर्फ आइरहेको र टिपर गल्छीतर्फ गैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ६ जना मध्ये एक जना अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार ०९:४५












