बालेनलाई हर्कको जवाफः लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !
३१ भदाै, काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जवाफ फर्काएका छन् । बालेन्द्रले हर्कलाई सम्बोधन गर्दै आफूलाई जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका थिए ।
बालेन्द्रले लेखेका थिए ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै लेखेका थिए, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’
बालेन्द्रको स्टाटसको जवाफ दिँदै हर्कले लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो भएको बताएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’
प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १७:२४












