५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

बालेनलाई हर्कको जवाफः लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो छ !

https://www.muktinathbank.com.np/online/loan-application

३१ भदाै, काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई जवाफ फर्काएका छन् । बालेन्द्रले हर्कलाई सम्बोधन गर्दै आफूलाई जति गाली गरे पनि माया गर्न नछाड्ने बताएका थिए ।

बालेन्द्रले लेखेका थिए ‘डियर हर्क साम्पाङ’ सम्बोधन गर्दै लेखेका थिए, ‘तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एकतर्फी नै सही, तर मेरो माया साँचो हो ।’

बालेन्द्रको स्टाटसको जवाफ दिँदै हर्कले लुकेर गेम खेल्दै स्टाटस लेख्नु सजिलो भएको बताएका छन् । उनले लेखेका छन्, ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ ।’

प्रकाशित मिति : September 16, 2025 at 5:24 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/