१८ पुष २०८२, शुक्रबार | Sat Jan 3 2026

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा ऊर्जामन्त्री घिसिङलाई फेसबुकबाटै बधाई

३१ भदौ, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नयाँ ऊर्जामन्त्री बनेका कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले फेसबुकमा लेख्नुभएको छ, ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ ।’

‘सम्पूर्ण ऊर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।’ शाक्यले लेख्नुभएको छ ।

नेपालमा जेनजीको आन्दोलन हुनुअघि नै फ्रान्स जानुभएका शाक्य हाल दक्षिण कोरियामा हुनुहुन्छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहनुभएका घिसिङलाई हटाएर गत चैतमा शाक्यलाई कार्यकारी निर्देशक बनाएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १६:५१