५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता

https://www.muktinathbank.com.np/online/loan-application

३१ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएको उहाँको सचिवालयले जनाएको छ।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको जनाइएको छ । सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : September 16, 2025 at 2:02 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/