२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

लुटपाट भएका सामान बुझाइदिन राष्ट्रपति कार्यालयको सूचना

२९ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनमा लुटिएका सामान बुझाइदिन राष्ट्रपति कार्यालयले सूचना जारी गरेको छ ।

आइतबार राष्ट्रपति कार्यालयले सूचना जारी गरेर आगलागी र तोडफोडका क्रममा राष्ट्रपतिको कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टि.भी. कुर्सी लगायतका भौतिक सामग्रीहरू कार्यालय परिसरबाट लुटपाट चोरी भएको भन्दै बुझाइदिन आग्रह गरेको हो ।

कसैले राष्ट्रपतिको कार्यालय जि‍।खा।पा।नं। उल्लेख भएका वा नभएका समान देख्नु भएमा वा भेटाउनु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा रहेको भएमा यस कार्यालयमा बुझाई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशन गरिएको छ,सूचनामा भनिएको छ । सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने पनि  राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : September 14, 2025 at 9:01 pm