१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्तिको तस्बिर

२९ भदौ, काठमाडौं । नेकपा (एमाले) का नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्तिको तस्बिर सार्वजनिक गर्नुभएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै  बस्नेतले आफ्नो घर जलाउने व्यक्तिको तस्बिर सार्वजनिक गर्नुभएको हो ।

गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो । उक्त आगजनी तथा तोडफोडमा संलग्न भन्दै बस्नेतले सामाजिक सञ्जालमा उक्त व्यक्तिको तस्बिर राख्नुभएको हो ।

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘मेरो घरमा आगो लाउने मुख्य लिडर यो निलो सर्ट लाउने केटो दिपक बिक भन्ने रहेछ । यसको घर जाजरकोट रहेछ । यो भक्तपुरमा कोठा गरी बस्दो रहेछ । अहिले भागेर घर जान खोज्दै रहेछ। बसपार्क क्षेत्रमा छ भन्ने सूचना आयो साथीहरुले तुरुन्तै यसलाई समातेर प्रहरीकोमा बुझाइदिनु ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १६:५०