सोमबारदेखि सहुलियत पसल सञ्चालनमा आउने, खसीबोका बिक्री अनिश्चित
२९ भदौ, काठमाडौं । भोलि भदौ ३० गते सोमबारबाट सरकारले सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले दशैं, तिहारलागयतका चाडपर्वलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।
सहुलियत पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुको खरिद गर्न पाउनेछन् । चाडपर्वका लागि खसीबोका र च्याङ्ग्राको बिक्री वितरण भने अनिश्चित रहेको छ ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १५:१३












