जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुग्यो
२९ भदौ, काठमाडौँ । जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएकोछ। सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव एकनारायण अर्यालले उक्त जानकारी दिनुभएको हो ।
अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना गरी ७२ जनाको मृत्यु भएको उहाँले बताउनुभएको छ । साथै, उहाँका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जना घाइतेको उपचार भइरहेको छ ।
प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १२:४९












