चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि बन्द
२९ भदौ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ अनिश्चितकालका लागि बन्द भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली अैकाे सूचना जारी नभएसम्मका लागि बन्द भएको घोषणा गरेको हाे ।
आइतबार एक सूचना प्रकाशित गर्दै विभागले संरचनामा तोडफोड, आगजनी तथा चोरीरलुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुगेकोले लाइसेन्स तथा विद्युतीय सवारी साधन दर्ता सम्बन्धी सेवा अवरुद्ध हुन पुगेको जनाएके छ ।

प्रकाशित मिति : September 14, 2025 at 12:41 pm









