१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण

३० भदौ, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गर्नुभएको छ । उहाँले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गर्नुभएको हो ।

प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार ११:५५