८ असार २०८३, सोमबार | Mon Jun 22 2026

करण चौधरी भन्छन्ः हृदयको हरेक धड्कन र रगतको थोपा राष्ट्रको सेवामा समर्पित हुनेछ

२७ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएन अफ नेपालका अध्यक्ष करण चौधरीले आफ्नो हृदयको धड्कन र रगतको हरेक थोपा राष्ट्रको सेवामा समर्पित गर्ने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले विगतमा जस्तो विषयम परिस्थिति निम्तिए पनि त्यसबाट निराश नभइ पुनः निर्माणमा जुट्ने बताउनुभएको हो ।

‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउनेछु’ उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएकाे छ ।

जेनजी प्रदर्शनका क्रममा केही पिडादायी क्षणहरु भए पनि उक्त लडाइ हाम्रो सन्ताको भविष्य उज्यालो बनाउनका लागि भएको जनाउँदै उहाँले विगतलाई पछाडि छाडेर नेपाललाई नयाँ उचाइमा पुर्याउने अवसर प्राप्त भएको बताउनुभएकाे छ ।

‘गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ। त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ। हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ। तर विगतलाई हामी पछाडि छोडिसक्यौँ। आजको दिन हाम्रो हातमा छ। अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ। यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पुर्‍याउने अवसर हो।’ उहाँले भन्नुभएकाे छ ।

साथै, उहाँले मुलुकले आफुलाई सवथोक दिएको भन्दै विश्वकै अगाडि मुलुकलाई झन उज्यालो र गौरवशाली बनाउने बताउनुभएकाे छ । ‘यो देशले हामीलाई सबैथोक दिएको छ। अब हाम्रो पालो हो। हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ। यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो।’

प्रकाशित मिति : September 12, 2025 at 3:42 pm