१९ पुष २०८२, शनिबार | Sat Jan 3 2026

राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छः दुर्गा प्रसाईं

२७ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत यही संविधान जिवित राखेर जेनजी आन्दोलनको औचित्य नरहने दावी गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ती कलिला बच्चाको हत्या किन भयो ? ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?’

उहाँ भन्नुहुन्छ, ‘राष्ट्रपति र संविधान दुवैलाई निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्न सक्नुपर्छ । नत्र हाम्रा पुर्खा र अबोध बालबालिकाको बलिदान रगतले हामीलाई पोल्नेछ । हाम्रो पुस्ता सरापिनेछ, र अन्ततः हामीलाई यो देशमै बसाइ नहुने दिन आउन सक्छ ।’

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १२:०६