सुशीला कार्की र दुर्गा प्रसाईं सैनिक मुख्यालयमा
२६ भदौ, काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईं सैनिक मुख्यालय पुग्नुभएको छ । कार्की र प्रसाईं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित आर्मी हेडक्वार्टर पुर्याएको छ ।

सम्भवत अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षको रूपमा कार्कीको नियुक्ति आजै हुनेछ । कार्कीको मन्त्रिपरिषद्को महत्वपूर्ण सदस्य रहने दुर्गा प्रसाईं पनि सँगै सैनिक मुख्यालयमा हुनुहुन्छ । जेनजी नाममा युवाहरूलाई भने भित्र प्रवेश गर्न रोक लगाइएको छ ।
प्रसाईंले सैनिक मुख्यालय जानु अघि फेसबुकमा जेनजीको नाममा भएको हिंसा र तोडफोडमा संलग्नमाथि कारबाही नगर्न नेपाली सेनासँग माग गरिसकेका कारण त्यस विषयमा पनि कुरा गर्नेछन ।
प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १०:५५












