८ चैत्र २०८२, आईतवार | Mon Mar 23 2026

रसुवा जिल्लाभर अनिश्चितकालीन कर्फ्यु

२५ भदौ, काठमाडौं । रसुवामा पनि कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान सूचना निकालेर जिल्लाभर कर्फ्यु आदेश जारी भएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा आज भदौ २५ गते बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यु लगाइएको उल्लेख छ ।

कर्फ्यु अवधिभर आउजाउ गर्न, भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ११:४५