६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

जेनजीलाई सन्दूक रुइतको अपीलः सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं

२४ भदाै, काठमाडौं । डाक्टर सन्दूक रुइतले आन्दोलनरत जेनजीहरुलाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौँ र गर्न नदिऔँ । संयम बनौँ ।’

प्रकाशित मिति : September 9, 2025 at 5:43 pm