प्रचण्ड पुत्री गंगाको घरमा आगजनी
२४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री गंगा दाहालको घरमा आगजनी भएको छ । प्रदर्शनकारीले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।
आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । साथै प्रदर्शनकारीले घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेका छन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १४:३७










