६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा

२४ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठको घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमा प्रदर्शनकारीले ढुङ्गामुढा गरेका हुन् ।

जेनजीहरूले गरेको प्रदर्शनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन् ।

प्रकाशित मिति : September 9, 2025 at 11:36 am