सिंहदरबारमा कर्फ्यू लगाएर बालुवाटारमा मन्त्रिपरिषद्को बैठक
२३ भदौ, काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ । प्रधानमन्त्री कार्यालय रहेको सिंहदरबार लगायतको क्षेत्रमा कर्फ्यु लगाएर सरकाले मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको निवासमा गरेको हो । सोमबार सरकारले बल प्रयोग गरेर गोली चलाउँदा देशभर १९ जनाको मृत्यु भएको छ ।

भ्रष्टाचारविरूद्ध आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका युवा माथि सरकारले ताकीताकी गोली हानेको छ । प्रहरीले गोली हानेपछि उत्तेजित भएको भिडले संसद भवन कब्जाको प्रयास गरेको छ भने गेटमा आगजनीको प्रयास समेत गरेको छ ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १९:१२










