रुपन्देहीमा पनि कर्फ्यू जारी
२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिनुभयो ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १६:१६










