२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । सोमबार साँझ ६ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो । यो मन्त्रिपरिषद्को नियमति बैठक हो ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित देशभर जेनजीको प्रदर्शन भएका छन् । उक्त प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर १३ प्रदर्शनकारीहरूको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:००