२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

झापाको दमकमा जेनजी आन्दोलनका क्रममा गोली लागेर एक जना घाइते

२३ भदौ, काठमाडौं । झापाको दमकमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । आन्दोलन चर्किँदै गएपछि भिड नियन्त्रण गर्न प्रहरीले हस्तक्षेप गरेको हो ।

दमक चोकबाट जुलुस सुरु गरी दमक नगरपालिका पुगेका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको पुत्ला जलाउनुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रहरीको गोली लागेर कमल-५, झापाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:३७