१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

जेनजीको आन्दोलनले राष्ट्रिय सभा बैठक स्थगित

२३ भदौ, काठमाडौँ । जेनजी पुस्ताको जारी आन्दोलनका राष्ट्रियसभा बैठक प्रभावित भएको छ। राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३ः१५ बजेका लागि तय गरिएको थियो ।

विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३ः१५ बजे बस्ने तय भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १४:०९