६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

काठमाडाैँको बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

२३ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको बानेश्वर क्षेत्रमा सुरक्षा संवेदनशीलता बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडाैँले कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशअनुसार साउन २३ गते अपराह्न १२:३० बजेदेखि राति १० बजेसम्म कर्फ्यू लागु हुने भएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जारी आदेशअनुसार तोकिएको क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक, घेराबन्दी तथा भीडभाड गर्न प्रतिबन्ध गरिएको छ ।

कर्फ्यू क्षेत्र

आदेशअनुसार बानेश्वर चोक वरपर चार किल्लाभित्र कर्फ्यू लागू हुनेछः

बानेश्वर चोकदेखि पश्चिमतर्फ एस्प्रेसो होटल हुँदै विजुली बजार पुलसम्म,

बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

बानेश्वर चोकदेखि उत्तरतर्फ आइडलभेन्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म ।

जिल्ला प्रशासनले तोकिएको समयमा कर्फ्यू आदेश उल्लंघन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : September 8, 2025 at 12:31 pm