६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न ओरियन्टल होटलले बोलायो साधारण सभा

२३ भदौ, काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। होटलले असोज ३१ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

भामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको हाल चुक्तापूँजीको १ः०.२६६३ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै प्रस्तावित हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम कम्पनीको परिसरको रिनोभेसन गर्नका लागि उपयोग गर्ने र नियमनकारी निकायमा हकप्रद निष्कासनका लागि आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक १ जना नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ होटलले असोज २ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै होटलको साधारण सभामा सहभागिता हुन सक्नेछन्।

प्रकाशित मिति : September 8, 2025 at 9:44 am