अब भान्सामा भाँडा बजाउन, शौचालयमा फ्लस गर्न नपाइने, खोक्ने र खकार्ने गरेमा ३ लाख जरिवाना !
१९ भदौ, काठमाडौं । नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक सूचना जारी गर्दै राति अबेरसम्म फोनमा चर्को स्वरले नबोल्न, राति वा बिहानै प्रेसर कुकरमा सिट्ठी नलगाउन आग्रह गरेको हो ।
ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक हुने उल्लेख गर्दै यसलाई न्यून पार्न सबैलाई सचेत रहन सूचनामार्फत आग्रह गरिएको छ। ध्वनि प्रदूषणले विशेषगरी गर्भवती महिला, मुटुका बिरामी, वृद्धवृद्धा र बालबालिकाको मानसिक, शारीरिक तथा शैक्षिक स्वास्थ्यमा गम्भीर असर पार्छ। साथै, यसले सर्वसाधारणको सामाजिक, आर्थिक गतिविधि र नैतिक मूल्यमा समेत नकारात्मक प्रभाव पार्ने प्रहरीले जनाएको छ।
प्रहरीले अबेर रातिसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा साउन्ड सिस्टम ठूलो आवाजमा नचलाउन, ढोकाको बेल राति अनावश्यक रूपमा नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न र बिहान नित्यकर्मका क्रममा खोक्दा वा खकार्दा सचेत रहन अनुरोध गरेको छ ।
प्रहरीले ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थामाथि कानुनले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जनाएको छ । साथै, टोल–छिमेकमा यस्तो गतिविधि भएमा १०० वा १०३ मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति : 12:45









