हिम स्टार उर्जाको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
१८ भदौ, काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १५.५९ अंकले घटेर २७२६.३७ को बिन्दुमा पुगेको छ । आज ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार ३९ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । यस दिन हिम स्टार उर्जा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन कम्पनीको सेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन यूनियन हाइड्रोपावरको सेयर मूल्य ७।०३ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १५:११












