६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१८ भदौ, काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस दिन सो सेसनमा नेप्से २.४३ अंकले बढेर २७४४.४० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको ८९ पटकको कारोबारमा ६५ लाख ८१ हजार ४२१ रुपैयाँ १० पैसाबराबरको १२ हजार ७६२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : September 3, 2025 at 10:58 am