बेइजिङमा विशाल सैन्य परेड, प्रधानमन्त्री ओलीसहित २६ देशका प्रमुखहरूले भाग लिए (तस्वीरहरू)
१८ भदाै, काठमाडाैँ । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा चीनकाे राजधानी बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ ।
बेइजिङस्थित थ्येनआनमन चोकमा चिनियाँ जनताको जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोह आयोजना गरिएको हो । समारोहलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गर्नुभएकाे थियाे ।
समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका छन्।



प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार ०८:०६












