असोज २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै नारायणी डेभलपमेन्ट बैंक
१५ भदौ, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले हाल कायम चुक्तापूँजी २६ करोड २४ लाख ६७ हजार ६ सय कित्ताको शतप्रतिशत अर्थात १ः१ अनुपातमा ७० करोड रुपैयाँबराबरको रु.१०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यसको अर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ।
बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यपिटलका साथै ग्लोबल आइएमई नवलपरासीस्थित भूमरी शाखा र नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय तथा यज्ञपुरी शाखा, टाँडी शाखा, चितवन पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यस्तै नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १०:३२












