लिपुलेक नेपालकै हो भनेर चीनलाई सम्झाउन नबिर्सन प्रधानमन्त्रीलाई बालेनको आग्रह
१४ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक हाम्रै हो भनेर सम्झाउन नबिर्सन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत चीन भ्रमणको शुभकामना दिँदै प्रमुख बालेनले सम्झाउने काम प्रधानमन्त्रीबाट हुनेमा विश्वास समेत व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।’

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार ०९:१६








