प्रधानमन्त्रीको काम प्रकाशमानले गर्ने
१४ भाद्र, काठमाडौँ । कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी वरिष्ठ उपप्रधानमन्त्री नेपाली कांग्रेसका नेता प्रकाशमानसिंहले प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई जिम्मेवारी दिनुभएको हो । प्रधानमन्त्री ओली पाँच दिने चीन भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गर्नुभएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार ०९:०३








