३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

साउन महिनामा जीवन बीमा कम्पनीले संकलन गरे साढे १९ अर्ब बीमाशुल्क

१३ भदौ, काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामै साढे १९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो महिनामै १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

यो बीमाशुल्क अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

यो अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा नेपाल लाइफ रहेको छ । यसअवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जनको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । यो अवधिमा कम्पनीले २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, यो अवधिमा एलआइसी नेपालको २ अर्ब ३ करोड ९९ लाख, हिमालयन लाइफले २ अर्ब २ क रोड ८१ लाख, सूर्यज्योति लाइफले १ अर्ब २४ करोड ५२ लाख, एशियन लाइफले ९४ करोड ५८ लाख, सिटिजन लाइफले ८५ करोड ६४ लाख बीमाशुल्क आर्जन गरेका छन् ।

साथै, यो अवधिमा प्रभु महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख, रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख, मेट लाइफले ५३ करोड १७ लाख, सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख, आइएमई लाइफले ६७ करोड ५ लाख, राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रकाशित मिति : August 29, 2025 at 1:08 pm