रञ्जिता श्रेष्ठले बोलाइन् नाउपा केन्द्रीय समिति बैठक
१३ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । उहाँले भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाउनुभएको हो ।
कान्तिपथको होटल एल्लो प्यागोडामा बस्ने बैठकमा छलफलका लागि चार वटा कार्यसूची तय गरिएको छ। बैठकमा समसामयीक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अध्यावधिक गर्ने विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १०:४८








