१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

राष्ट्रिय अनुसन्धान विभागले माग्यो अधिकृत र सहायक गरी ९० कर्मचारी (सूचनासहित)

१३ भदौ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरि ९० पदको लागि दरखास्त आह्वान गरेको छ। विभागले आज सूचना जारी गर्दै नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

अनुसन्धान अधिकृत राजपत्रांकित तृतीय श्रेणी सरह हो भने अनुसन्धान सहायक राजपत्र अनंकित द्वितीय श्रेणी सरह हो। विभागले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी आवेदन माग गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज १२ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुरमा असोज १९ गतेसम्म पनि दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : August 29, 2025 at 10:22 am