महिलाको चरित्रहत्या गरेको अभियोगमा रास्वपा नेता अरनिको पाँडे पक्राउ
११ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ परेका छन् । महिलाको चरित्रहत्या गरेको अभियोगमा पाँडे पक्राउ परेको प्रहरीले जनाएको छ ।

बुधबार अपरान्ह प्रहरीको कार्यालयमा उपस्थित भएका पाँडे अहिले साइबार ब्यूरोको हिरासतमा रहेका छन । प्रहरीले भोलि पाँडेलालाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । राष्ट्रिय योजना अायोगका सदस्य समेत रहेका पाँडे साइबर मुद्दामा पहिलो पटक पक्राउ परेका हुन ।
प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २१:५३












