विकास हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट, यी कम्पनीको मूल्यमा उच्च बृद्धि
११ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.०१ अंकले बढेर २८९१.१० को बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।
यस दिन विकास हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । यस दिन कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेकाे छ । त्यस्तै, यस दिन समता घरेलु लघुवित्तको सेयरमूल्य ९.३६ प्रतिशत, ग्रीन भेन्चर्सको सेयरमूल्य ८.०८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य ७.६० प्रतिशत र गार्डियन माइक्रो लाइफको सेयरमूल्य ७.२८ प्रतिशतले बढेकाे छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार १५:२३












