१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

तेह्रथुम पावरको अवितरित हकप्रद सेयर बाँडफाँड

११ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ ।

कम्पनीले गत साउन २७ गतेदेखि भदौ ३ गतेसम्म शिलबन्दी बोलपत्रमार्फत अवितरित हकप्रद सेयरको बिक्री आवेदन खुलाएको थियो । उक्त अवधिभर परेका बोलपत्रहरू भदौ ६ गते खोलेर आवश्यक रूजु गरी भदौ १० गते बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको हो।

कम्पनीको अवितरित हकप्रद सेयरको कटअप मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ कायम भएको र उक्त मूल्यमा बोलपब पेश गर्नेहरुलाई सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । साथै बाँडफाँडमा नपरेकाहरूको रकम भदौ १२ गतेदेखि सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता पठाइने जानकारी दिएको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार ११:२१