२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

समस्या बिधि र प्रक्रियामा हैन नियतमा छः गोकुल बाँस्कोटा

१० भदौ, काठमाडौँ । नेकपा (एमाले)को पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले पार्टीको नाम नै नलिइ एमालेभित्र समस्या बिधि र प्रक्रियामा समस्या नरहेको बताउनुभएको छ । मंगलबार साँझ एक टिप्पणी फेसबुक मार्फत सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहनुभएको बाँस्कोटाले समस्या नियतमा रहेको बताउनुभएको छ ।

dainiki.com

उहाँले एमालेको नाम नलिएको भए पनि उहाँको संकेत एमालेतिर नै हो भन्ने सहजै अुनमान लगाउन सकिन्छ । उहाँको टिप्पणीमा व्यक्त भएका प्रतिक्रियाहरूले पनि यसको संकेत गरेको छ ।

उहाँले फेसकुबमा लेख्नुभएको छ, ‘समस्या बिधि र प्रक्रियाका बिषयमा भए पो समाधान हुन्छ । नियतमा नै समस्या छ भने कहिल्यै साधारण तरिकाले हल हुदैन । नयाँ आधारको खोजी वा उदों बाटोको यात्रा ? मन लाग्या गरे भो । परेको ब्यहोर्ने जनता छदै छन, के छ र ?’

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार २०:५४