प्रविधिमैत्री सेवा प्रवाहमा मन्त्री श्रेष्ठको जोड
१० भदौ, काठमाडौँ । बागमती प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिन निर्देशन दिनुभएको छ । मन्त्रालय मातहत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरको उद्योग बाणिज्य कार्यलयको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले सेवाग्राही प्रविधिमा अभ्यस्त भैसकेका कारणले प्रवाह गर्ने सेवा हाइटेक हुनुपर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले निरीक्षणको क्रममा कार्यलयमा भएका अव्यवस्थित फाइलको सुरक्षा र ब्यबस्थापनमा बिशेष ध्यान दिन पनि निर्देशन दिनुभएको छ । पुरातन शैलिबाट अब कार्यलय सचालन नहुने बताउदै मन्त्री श्रेष्ठले आफ्नो मातहतका सबै कार्यलय चाडै प्रबिधि सङ जोडिने र यस तर्फ मन्त्रालयले काम सुरु गरिसकेको समेत जानकारी दिनुभयो ।
सेवाग्राहिको भिड लाग्ने उद्योग बाणिज्य कार्यलय काठमाडौं कार्यलयमा फाइल ब्यबस्थापन र भौतिक संरचना अभाबले कार्य सम्पादनमा कठिनाइ आएको प्रति काठमाडौं कार्यलय प्रमुख यादब आचार्यले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनुभएको थियो ।

ललितपुरका कार्यलय प्रमुख सन्तोष मुक्त्तानले कार्यलयको गत आबको कार्य प्रगति र चालु आबको कार्य योजना प्रस्तुत गर्दै बिभुषण तथा तक्मा बनाउने आफ्ना कर्मचारी उमेर हद पुरा भैसकेकाले अबकासका लागि मन्त्री श्रेष्ठको ध्यान केन्द्रित गराउनुभएको थियो । भ्रमणको क्रममा प्रदेश सभा सदस्य प्रेम भक्त महर्जन रघुनाथ महर्जन सकुन्तला श्रेष्ठ लगाएतको उपस्थिति थियो ।
आफ्नो धारणा राख्ने क्रममा प्रदेश सभा सदस्यहरुले जनताको काम जति सक्दो चाडो सम्पादन हुन सके मात्र प्रदेश प्रति जनताको बिश्वास बढ्ने बताउदै उद्योग र उद्योगिको बिकास र बिस्तार गर्न आबश्यक निति नियम सुधार उन्मुख रहेको बताएका थिए ।
भक्तपुर कार्यलय भ्रमण क्रममा मन्त्री श्रेष्ठले भक्तपुरको मौलिक उत्पादन र हस्तकला उत्कृष्ट रहेको बताउदै कार्यलयको अबको कार्यदिशा यस्ता उद्योग र उद्योगि केन्द्रित हुनुपर्ने बताउनुभएको थियो । साथै कार्यलय निरिक्षण गर्दै मन्त्री श्रेष्ठले कार्यलय परिसर भित्र कोशेलि घर निर्माणको लागि प्रकृया थाल्न समेत निर्देशन दिनुभएको थियो । भक्तपुर कार्यलय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको कार्यसम्पादन, सेवा प्रवाह, र आगामी योजना लगायत विविध विषय बारे जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार ११:४७








