तीजको ब्रत आफ्नो आयु बढाउन बस्नु पर्ने रहेछः एलिना चौहान
१० भदौ, काठमाडौँ । लोकप्रिय गायिका एलिना चौहानले तीजका सम्बन्धमा महत्वपूर्ण टिप्पणी गर्नुभएको छ । धार्मिक विश्वास एकातिर भए पनि चौहनको टिप्पणी यथार्थपरक रहेको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले तीजको ब्रतका सम्बन्धमा महत्वपूर्ण टिप्पणी गर्नुभएको हो ।

गायिका चौहानले तीजको ब्रत आफ्नै आयु बढाउन बस्नुपर्ने बताउनुभएको हो । धेरैले पतिका लागि आयु बढाउन बस्ने भन्ने प्रचलन नै रहेकोमा गायिक चौहानले भने ब्रत आफ्नै लागि बस्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभएको छ, ‘मैलै पुजेर जल खाएका तिम्रा खुट्टा, मेरो छातिमा बजारिए, त्यस पछि थाहा भयो, तीजको ब्रत आफ्नो आयु बढाउन बस्नु पर्ने रहेछ।’
प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार ०८:४३












