जसपाले सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने
८ भदौ, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । समाजवादी पार्टीले संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी दुई जना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने तयारी गरेको हो ।
खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागिएको हो। साथै, सो ठाँउमा खानेपानी मन्त्री वीरेन्द्र महतोलाई र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रञ्जु ठाकुरलाई बनाउन प्रधानमन्त्रीलाई नाम दिइसकेको जनाइएको छ ।
प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १४:०४












