एमाले छाडेपछि मान्छे बने मनोज, झोले बनेर चित्त बुझाउँदै सुदन
७ भदौ, काठमाडौँ । वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले नेकपा एमाले छाडेपछि आफू मान्छे बनेको टिप्पणी गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएको नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीसँगको कुराकानीमा उहाँले आफू एमाले छाडेपछि मान्छे बनेको बताउनुभएको हो ।
त्यस्तै सुदनले आफू चाहिँ झोले पनि मान्छे नै हुने भएकाले झोले भएको बताउनुभएको छ । फेसबुकको प्लेटफर्ममा आफ्नो टिप्पणी राख्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

टिप्पणीमा भनिएको छ, ‘मन खोलेर बोल्ने “मनोज गजुरेल” प्रसिद्ध कलाकार, हाँस्यव्यंग्य क्षेत्रको हिमचुलीसँग उपचार केन्द्रमा भेट भयो । उहाँले ठट्टिदै भन्नु भयो, ‘म पहिला एमाले थिएँ । एमाले छोडेपछि मान्छे भएँ ।’ सम्झे उहाँको नजरमा म चाही मान्छे भई सकेको छैन । फेरि सम्झे तर “झोले” पनि मान्छे नै त हो ! अनि चित्त बुझाएँ ।’
प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार १४:३८












