१० असार २०८३, बुधबार | Wed Jun 24 2026

विद्यालाई ओलीको प्रश्नः अर्को वर्ष आउने मदन जयन्ती मनाउन पार्टी कार्यालय खोल्नुपर्छ ?

६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खुलेकोमा असन्तुष्टि जनाउनुभएकाे छ । पार्टी केन्द्रीय कार्यालय, ललितपुरको च्यासलमा आयोजित कार्यक्रममाओलीले अर्को वर्ष आउने जन्मदिन मनाउन छुट्टै पार्टी कार्यालय खोलिएकोमा टिप्पणी गर्नुभएकाे हाे ।

‘जननेता मदन भण्डारीको अर्को वर्ष आउने जन्मदिन मनाउन अहिलेदेखि पार्टी कार्यालय खोल्नुपर्छ? अर्को वर्ष असार १४ गतेका लागि आउने जन्मदिनका लागि पार्टीमा असन्तुष्ट रहेका मानिसहरू भेला गरेर कार्यालय खोल्नुपर्छ?’ ओलीले भन्नुभयाे ।

साथै, ओलीले अर्को पार्टी कार्यालय खोल्ने तरिका ठीक नभएको पनि  बताउनुभएकाे छ ।

प्रकाशित मिति : August 22, 2025 at 5:32 pm