१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपपछि रास्वपाले कँडेललाई गर्यो निलम्बन

६ भदाै, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेका कँडेललाई रास्वपाले शुक्रबार निलम्बन गरेको हो।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले कँडेललाई कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको हो । रास्वपा केन्द्रीय अनुसन्धान आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले एक विज्ञप्ति जारी गर्दै कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरेको उल्लेख गर्नुभएकाे छ ।

प्रहरीको आवश्यक छानबिन र अनुसन्धानमा सहजता पुर्‍याउन उनलाई पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको रास्वपा अनुशासन आयोग जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : August 22, 2025 at 4:02 pm